कर्मचारीले सूचना चुहाएपछि पिएन स्ववियुको कार्यालयमा ताला
पाेखरा | फागुन २५, २०७९
पोखरा: कर्मचारीले सूचना चुहाएको भन्दै पोखराको पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कार्यालयमा केही विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयले चैत ५ गते निर्वाचन गर्ने घोषणा गरेसँगै निर्वाचनमा होमिएका विद्यार्थी संगठनहरुले पिएन क्याम्पसका केही विद्यार्थी संगठनहरुले कर्मचारीले विद्यार्थीहरुको व्यक्तिगत विवरण चुहावट गरेको भन्दै तालाबन्दीपछि विज्ञप्तीमा टाँसिएकाे छ ।
विज्ञप्तीमा भनिएको छ ‘पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन समिति र क्याम्पस प्रशासनको मिलेमतोमा मतदाता नामावलीको प्रकाशनको सन्दर्भमा अन्तिम टुङ्गो नहुँदै केही अमुक विद्यार्थी संगठनलाई मतदाता नामावली पत्रमा निर्वाचनलाई प्रभावित पार्ने गतिविधि स्ववियु निर्वाचन समितिबाट नै गरिएको कुरामा गम्भिर शंका भएको छ ।’

अखिल क्रान्तिकारी पिएनका अध्यक्ष काशिराम पौडेल, अखिल क्रान्तिकारी अध्यक्ष सचिन पौडेल, विप्लव निकट अखिल क्रान्तिकारी अध्यक्ष विवेक अधिकारी र अखिल क्रान्तिकारी संयुक्तका अध्यक्ष गगन परियारले हस्ताक्षर गरिएको विज्ञप्तीमा क्याम्पसमा प्रशासनमा दुई बुँदे माग राख्दै तालाबन्दी भएको हो ।
‘त्रिभुवन विश्वविद्यालय मार्फत तलबभत्ता लिने शिक्षक, प्राध्यापक र कर्मचारीले आसन्न स्ववियु निर्वाचनमा मतदान गर्न नपाउने र फागुन १८ र १९ गते दर्ता भएका संघ, संगठन र समूहको नामावली जस्ताको त्यस्तै तत्काल पुनः प्रकाशित गर्नुपर्ने’ विज्ञप्तीमा उल्लेख छ ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

